Fast Nepal News
Before Breaking News

नेपाल आयल निगमले बढायो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो। सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.