Fast Nepal News
Before Breaking News

ओरालो लाग्यो सुनको मुल्य

माघको पहिलो दिन सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । बुधबारसम्म बढिरहेको सुनको भाउ विहीबार घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुन तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको भाउ प्रति तोला ९२ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रति तोला एक हजार दुई सय ६० रुपैयाँ पुगेको थियो । विहीबार चाँदी तोलामा एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.