माघ २ गते इन्फ्रास्ट्रक्चर बैङ्कको ८ करोड कित्ता प्राथमिक सेयर निकाल्दैछ। सिंगटी हाइड्रोपावर इनर्जीले ४३ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको छ।
डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। न्यादी हाइड्रोपावर कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी ४० लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति कुरेर बसेको छ।
ज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ। महिला लघु वित्त वित्तीय संस्थाले ४ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमतिका लागि निवेदन दिएको छ।
८६ मेगावाट क्षमताको सोलु खोला आयोजना निर्माण गरिरहेको साहस ऊर्जाले एक करोड ५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
मध्य भोटेकोसी जलविद्युत कम्पनी पनि सेयर निष्कासनको पाइपलाइनमा छ। कम्पनीले एक करोड ५० लाख कित्ता सेयर निष्कासन गर्दैछ।