Fast Nepal News
Before Breaking News

इन्फ्रास्ट्रक्चर बैङ्कले अहिलेसम्मकै ठूलो परिमाणको सेयर माघ २ मा जारी गर्दै

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले अहिलेसम्मको सबैभन्दा ठुलो परिमाणको साधारण सेयर जारी गर्ने भएको छ। नेपालको पहिलो पूर्वाधार बैङ्क समेत रहेको उसले एकै पटक आठ अर्बको साधारण सेयर जारी गर्न लागेको हो।

नियामक निकाय नेपाल धितो पत्र बोर्डले सर्वसाधारणलाई कम्पनीले ४० प्रतिशत सेयर वितरण र शून्य दशमलव २ प्रतिशत सेयर कर्मचारीको नाममा जारी गर्न अनुमति दिइसकेको छ।

मेरो सेयर मार्फत सेयरको आवेदन दिन सकिने छ।

सेयरको अधिक सङ्ख्याका कारण अनलाइन आवेदनमा समस्या आउन सक्ने भन्दै मेरो सेयरले एकै पटक ५० हजार आवेदकले आवेदन दिए पनि धान्न सक्ने गरी क्षमता समेत बढाइरहेको छ। माघ २ गतेदेखि माघ ६सम्म सेयरमा आवेदन दिन सकिने छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.