ओरालो लागिरहेको सुनको मुल्य सोमबार पनि घटेको छ । आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर सोमबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । शुक्रबार छापावाल सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२३० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।