नेपाल-चीन जोड्ने तातोपानी नाका २० दिनको लागि बन्द हुँदै छ । दुई देश बीचको सीमा जोड्ने मितेरी पुल मर्मतका लागि करिब तीन साता नाका बन्द गर्न लागिएको तातोपानी भन्सार कार्यालले जनाएको हो ।
आगामी जनवरी २० देखि फेब्रुअरी १० अर्थात् माघ ७ गतेदेखि २७ गतेसम्म नाका पूर्णरुपमा बन्द गरिने सूचना चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयको भनाइ छ ।
उक्त मितेरी पुल बर्खाको समयमा बाढी पहिरोको कारण प्रभावित भएको थियो । सोही पुल मर्मतको लागि अहिले चिनियाँले काम गर्ने भएपछि केहि दिन नाका बन्द हुने बताइएको छ ।