Fast Nepal News
Before Breaking News

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाडौं,७ मंसिर । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावल सुनको भाउ ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा नबढेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।कोरोनाका कारण शिथिल बनेको सुन बजारमा तिहारमा चहल पहल बढेको थियो । विवाहको महिना सुरु भएकाले सुनको कारोबार बढ्ने प्रतिक्षामा व्यवसायीहरु छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.