Fast Nepal News
Before Breaking News

काठमाण्डाै जिल्ला सहकारी संघ, काठमाण्डाै तारकेश्वर नगर उपसमितिकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न

१९ चैत्र ,०७८ काठमाण्डाै जिल्ला सहकारी संघ, काठमाण्डाै तारकेश्वर नगर उपसमितिकाे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। ६५ ओैं राष्ट्रिय सहकारी दिवसकाे अबसरमा आयाेजित अन्तरकृया कार्यक्रम ए बि पार्टि प्यालेस नेपालटारमा सम्पन्न भएको छ। अन्तरक्रियामा प्रमुख अतिथि तारकेश्वर नगरपालिका मेयर रामेश्वर बाेहराले पानसमा बत्ति बालेर कार्यक्रमकाे उदघाटन गर्नु भयो ।

बोल्ने क्रममा बोहराले सहकारीको मर्म र भावना अनुरुप नगरले सहकारीका लागि खेल्ने भुमिका बारेमा प्रष्ट पार्नुभएकाे थियाे। कार्यक्रमकाे सभापतित्व काठमाण्डाै जिल्ला सहकारी सङ्घ तारकेश्वर उपसमिति अध्यक्ष राधाकृष्ण खड्गीकाे सभापतित्वमा संचालित कार्यक्रममा उपसमिति सचिव अनिल भण्डारीले सम्पुर्ण आगन्तुकहरुमा स्वागत मन्तव्य राख्नुभएको थियो।

विशेष अतिथिहरुमा तारकेश्वर नगर सहकारी शाखा प्रमुख तिर्थराज थापा ,शिबपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेस्थलीका सचिव निर्मलकुमार लामा, जिल्ला सहकारी सङ्घकी सदस्य अमरावती महर्जन, राष्ट्रीय सहकारी बैंक केन्द्रीय अध्यक्ष तथा राष्ट्रीय सहकारी महासङ्घका सञ्चालक के बि उप्रेती ACCAC का अध्यक्ष सुशील फुयाल, तारकेश्वर नगरका कलाकार ध्रुब खड्का, भक्तिनारायण महर्जन लगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालक तथा वक्ताहरुद्वारा मर्यादित ब्यबसाय र प्राबिधिमा सहकारी विषय सहकारी शिक्षा सहकारी प्रविधि अनलाईन र सहकारी सहकारीबिच सहकार्य ,स्थानिय निकायले खेल्ने भुमिका सहकारी सहकारीबिच अनलाईन सिस्टम नहुदा ऋण लिनेहरुले धेरैतिर ऋण नतिर्ने प्रवृतिका कारण सहकारीहरु धरासायी हुने अवस्था आएकाे उपस्थित बक्ताहरुले मन्तब्यका क्रममा बताउनुभयाे ।कार्यक्रमकाे अन्त्यमा नगर सहकारी उपसमिति अध्यक्ष राधाकृष्ण खड्गीले कार्यक्रम समापनका क्रममा सम्पुर्ण सहकारी र साेका सेयर सदस्य सञ्चालक हरुका लागि तालिमकाे आवश्यकता र उपादयताका महत्वकाे बारेमा बाेल्नु हुदै कार्यक्रम समापन गर्नुभएकाे थियाे।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.