Fast Nepal News
Before Breaking News

नेपाल टेलिकमको तारकेश्वर नगरपालिकामा होम टु होम फाइबर FTTH सेवा सुरु

९ चैत्र, २०७८
राधेश्याम शर्मा फुयाल

नेपाल टेलिकमको तारकेश्वर नगरपालिकामा होम टु होम फाइबर FTTH सेवा सुरु गरेको छ । GPON प्रविधिमा आधारित FTTH (Fiber To The Home) सेवा विस्तार भइरहेको छ । प्रथम चरणमा काभ्रेस्थली तथा धर्मस्थली क्षेत्रमा जम्मा ७ वटा FDC (Fiber Distribution Cabinet) स्थापना गरी ३५०० लाइन विस्तार गर्ने कार्य अगाडी बढी सकेको छ ।

 

यस प्रविधिबाट घर/कार्यालयमा एउटा Drop fiber मार्फत CPE (Customer Premise Equipment) निशुल्क रुपमा टेलिफोन जडान गर्नेछ । उक्त  CPE बाट Voice, Date (Internet) र IPTV (Television channels) सहितको सेवा सुपथ महशुल दरमा उपलब्ध हुनेछ । साथै वार्षिक ग्राहकले मोबाइलमा प्रतिदिन 300 MB 4G समेत निशुल्क प्रयोग गर्न सक्नेछन् ।

 

सेवा जडानका लागी दुरसञ्चार कार्यालय गोंगबुमा सम्पर्क गर्नुहुन वा फो.नं. ०१४३६०७७७ मा सम्पर्क गर्नहुन समेत जानकारी गराई छ । सेवा सम्बन्धी कुनै जानकारी लिनका लागी 198 dial गर्ने र option 4 थिच्ने गर्नुहोला । 198 सेवा मोबाइलमा पनि उपलब्ध छ । FTTH सेवा लिन चाहने ग्राहकले, वार्षिक नेट र फोनको मात्र १२३१५ नेट+फोन+टेलिभीजनको १७३१५ काउटर+सेट अप कि.बि टु होम फाइबर केबुल उपलब्ध हुनेछ । पुराना ग्राहको हकमा राउटर र डि.बि टु होम फाइबर निशुल्क प्राप्त हुने कुराको जानकारी नेपाल टेलिकम गोंगबु कार्यालय प्रमुख शालिक राम सुबेदिले नेपाल फास्ट न्यूजलाई जानकारी गराउनु भयो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.