Fast Nepal News
Before Breaking News

कान्तिपुर मलको उपहार योजना मङ्सिर १ गते सार्वजनिक गरिदै

दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले ल्याएको उपहार योजना मङ्सिर १ गते सार्वजनिक हुँदैछ।

रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गरेका ग्राहक मध्यबाट भाग्यशाली ग्राहकले विभिन्न उपहार पाउनेछन् ।

उपहार योजना अन्तर्गत मङ्सिर १ गते कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक,दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर,तेश्रो पुरस्कार मेमाको ४२’ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कार पनि राखिएका छ्न् ।

कान्तिपुर मलमा वित्तिय संस्था,सैलुन,गुदपाक,लत्ताकपडा,ईलेक्ट्रोनिक्स आईटम,रेस्टुरेन्ट लगायतका सेवासुबिधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवाल बताउनुहुन्छ।

लक्की ड्र मङ्सिर १ गते ग्राहकहरुको उपस्थितिमा सार्वजनिक गरिनेछ।भाग्यशाली ग्राहकले ड्र सम्पन्न भएको मितिले सात दिनभित्र कान्तिपुर मलको अफिसमा अर्धकट्टीसहित दाबी गर्नुपर्ने छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.