Fast Nepal News
Before Breaking News

घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य तोलाको १५ सयले घटेर ९० हजार पुगेको छ। शुक्रबार सुनको मूल्य ९१ हजार ५ सयमा कायम थियो।

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.