Fast Nepal News
Before Breaking News

तल झर्यो सुनको मूल्य

असार,३ । बुधबार सुनको मूल्य एक सयले घटेर तोलाको ९३ हजार एक सयमा कायम छ। अघिल्लो दिन सुन ९३ हजार दुई सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६१ अमेरिकी डलरमा कारोबार कारोबार भइरहेको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.