Fast Nepal News
Before Breaking News

डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने

डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ । हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमले आईपीओ जारी गर्ने ढाेका खुलेकाे हाे । डिशहोम २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धिताेपत्र बाेर्डकाे अनुमतिसँगै अब कम्पनीले कूल पूँजीकाे १० प्रतिशत शेयर आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ । कम्पनीले सय रुपियाँ मूल्यको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियाे ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.