Fast Nepal News
Before Breaking News

सुन हिजोकै मुल्यमा कारोबार हुँदै

जेठ १९,०७८
काठमाडौं ।आज ( बुधबार )नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो ।

यता तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बुधबार प्रतितोला १० रुपैयाँले घट्दै एक हजार ३६० रुपैयाँ कायम भएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.