Fast Nepal News
Before Breaking News

कुखुराको मुल्य आकाशियो

काठमाडौं । कुखुराको मूल्य अकासिएर प्रतिकेजी ३ सय रुपैयाँ पुगेको छ । पछिल्लो समय कोभिडको असरसँगै रानीखेत रोगले उत्पादनमा ह्रास आउन थालेको यो भन्दा अघिनै व्यवसयीले बताउदै आएका थिए । आपूर्ति घट्न थालेपछि जिउँदो कुखुरा र तयारी मासुको मुल्य भाउ उकालो लागेको व्यवसायीले बताएका छन । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य ३ सय पुगेको जनाएको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले मागका अनुपातमा उत्पादन कम भएको बताएका छन ।

यस अघि संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ९० रुपैयाँ तोकेको थियो । पहिले प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो । उत्पादनमा कमी आएपछि दिनदिनै मूल्य बढ्न थालेको हो । कुखुराको मूल्य बढ्दा यसको असर आम उपभोक्तामा परेको छ । संघले तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ४ सय १५ रुपैयाँ निर्धारण गरेको छ ।

यस अघि सघंले मासुको मूल्य ४ सय १० रुपैयाँ तोकेको थियो । उक्त मूल्य अनुसार उपभोक्ताले प्रतिकेजी ४ सय ५० रुपैयाँमा खरिद गर्न सक्नेछन । पोल्ट्री फार्मको क्षमताभन्दा एक चौथाइमात्र चल्ला उत्पादन हुन थालेपछि कुखुराको मूल्य बढ्न थालेको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टको भनाई छ ।

उनका अनुसार उत्पादनमा ह्रास आइरहेको कारण मुल्य बढेको हो । व्यवसायीका अनुसार बजारमा मासुको खपत भने घटेको छ । केही समय अघि कोभिड नियन्त्रण हुन थालेपछि उत्पादन बढ्ने देखिएको थियो । तर अहिले पुनः सबै देशमा कोभिड भएकाले उत्पादन घटिरहेको छ । यो सँगै चल्लाको मूल्य बढेर ८५ देखि ९५ रुपैयाँ पुगेको छ । पछिल्लो समय चल्ला, अण्डा, दाना र कुखुराको मूल्य बढने क्रमले निरन्तरता पाइरहेको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.