Fast Nepal News
Before Breaking News

बालबालिकाप्रति अभिभावकले गर्नुपर्ने व्यवहारहरु

आफ्ना बच्चाहरुका लागी अभिभावकले के गर्नुपर्छ त ?

१, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभीमा ८ बजेभन्दा पछाडि आफ्नो बच्चाभन्दा महत्त्वपूर्ण केही आउँदैन ।

२, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नका लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस ।

३, दैनिकी सबै बिषयको कापी हेर्नुहोस उस बिषयको खास ध्यान दिनुहोस् जसमा उसले राम्रो गरिरहेको छैन ।

४, बच्चाको आधारभूत शिक्षा भविष्यका लागि अति महत्त्वपूर्ण हुन्छ ।

५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नका लागि बानी बसाल्नुहोस ।

६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस ।

७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस ।

८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर सिंह थापा, बलभद्र कुवर जस्ताको जीवनी गाथा सुनाउनुहोस ।

९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार) कही घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्छेको साथ नंया ठाउँमा बस्न सिक्छ्न ।

१०, आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस ! र उसलाई तिखार्न साहायता गर्नुहोस् । ( बच्चा कुनै बिषय सङ्गीत ,खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन रमाइलो बनाउछ ।

११, बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् ।

१२, भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराउन ! उनीहरुलाई खाना बनाउनको लागि आफूलाई सहयोग गर्नको लागि भन्नुहोस् बच्चाहरुलाई राम्रो लाग्ने छ ।

१३, प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनीहरुसंग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैन भने सोधपुछ गरेर दिनुहोस् ।

१४, बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् ( सहि र गलत व्याख्या गर्नुहोस् )

१५, बच्चालाई भर्नाको लागि कुनै सर्बश्रेष्ठ स्कुल खोज्नुभन्दा सबैभन्दा राम्रो स्कुल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ ।भविष्यमा हामीले छोराछोरी को पढाइको लागि अधिक पैसा खर्च गर्नुपर्ने हुन्छ ! त्यसैले पैसा बचाउनुहोस यस्ता अरु खर्चिला स्कुलहरु पनि छन् त्यसैले घाँटी हेरि हार्ड निल्नुहोस ।

१६, बच्चालाई आफै पढ्न र सिक्ने बानी बसाल्नुहोस ।
१७, बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस , आवस्यक हुँदा आफ्नो निगारानीमा मोबाइल प्रयोग गर्न दिनुहोस् ।
१८, बच्चालाई आफ्नो काममा सहायता गर्नको आगि भन्नुहोस् । जस्तै खाना बनाउन , सरसफाइ गर्न, सामान ब्यबस्थित गरि राख्न सिकाउनुहोस !
१९ , र सबैभन्दा महत्त्वपूर्ण चिज हामीले आफ्नो बच्चालाई शिक्षाको साथमा राम्रो संस्कार पनि दिनुपर्छ ! ता कि उनीहरु जीवनमा सफल र सहि मानिस बन्न सकुन ।
हामीले आफ्नो अनुभव को आधारमा आफ्नो सन्तानको जीवनलाई सुन्दर र स्वास्थ्य राख्नलाई बच्चाको मद्दत गर्नुपर्छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.