Fast Nepal News
Before Breaking News

अन्ततः फुट्यो नेकपा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी अन्तत: फुटेको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको लामो शक्तिसंघर्षपछि नेकपा फुटेको हो । ओली र प्रचण्ड दुवै पक्षले नेकपामा आफू वैधानिक भएको दाबीका लागि पत्र निर्वाचन आयोगमा पठाएपछि नेकपा फुटेको हो ।सोमबार नै अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीको जानकारीसहितको पत्र प्रचण्ड पक्षीय नेकपाले निर्वाचन आयोगमा दर्ता गराएको थियो । स्थायी कमिटी सदस्य लिलामणि पोखरेल उक्त पत्र लिएर निर्वाचन आयोग पुगी दर्ता गराएका थिए ।आज ओलीमाथि प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बसेर पार्टी सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गर्दैछ ।प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बस्नुपूर्व ओली पक्षीय बैठक बालुवाटारमा बसेर अर्को निर्णय गरेका छ । जसमा पार्टी केन्द्रीय कमिटी विस्तार गरी ४४७ बाट ११ सय ९९ पुर्याइएको छ । आजै ५ सय ५६ जना थप गरिएको र बाँकी एक सय ९७ जना पछि थप्ने भनिएको छ । यो निर्णयको पत्र निर्वाचन आयोगमा अध्यक्ष ओलीको हस्ताक्षरसहित पुगेको छ । महासचिव विष्णु पौडेलले यसको माइन्युट गरेका छन् । (रिपोर्टस नेपाल)

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.