Fast Nepal News
Before Breaking News

अन्ततः फुट्ने भयो एमाले

नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय सांसदहरुले सामूहिक राजीनामा दिने भएपछि एमाले फुट्ने भएको हो ।नेपाल खनाल समूहका ३१ सांसदले सामूहिक राजीनामा बुझाउन लागेका हुन् ।

राजीनामा दिनेहरुमा २१ जना प्रत्यक्षतर्फ निर्वाचित र १० जना समानुपातिकतर्फ निर्वाचित सांसदहरु छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा रहने सबै विकल्प बन्द गर्न नेपाल समूहका ३१ सांसदले राजीनामा दिन लागेका हुन् । नेपाल समूहका नेताहरुले ओलीसँग सहमति बनाउन पटक पटकको प्रयास विफल भएपछि नेपाल कठोर निर्णयमा पुगेका हुन् ।

एमाले सांसदबाट सामूहिक राजीनामा दिएर नेपाल खनाल समूह शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणमा लाग्ने रणनीति समेत बनेको छ । त्यस अघि नै माओवादी केन्द्रसँग एकता गरेर नयाँ कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरेर जाने तयारी समेत भएको बुझिएको छ ।

नेपाल खनाल समूहका सांसदहरु प्रत्यक्ष निर्वाचित(१। झलनाथ खनाल, इलाम १,२। माधवकुमार नेपाल, काठमाडौं २, ३। योगेश भट्टराई, ताप्लेजुङ, ४। जयकुमार राई,सुनसरी १, ५। भवानी खापुङ,तेह्रथुम, ६। यज्ञराज सुनुवार, ओखलढुंगा, ७। गणेश पहाडी, सिन्धुली १,८। पवित्रा निरौला खरेल, झापा २, ९। जीवनराम श्रेष्ठ,काठमाडौं ८, १०।नारायण खतिवडा, नुवाकोट १, ११। विरोध खतिवडा,मकवानपुर २, १२। सुरेन्द्र पाण्डे,चितवन १, १३। घनश्याम भुसाल,रुपन्देही ३, १४। गोकर्ण विष्ट,गुल्मी १, १५। मेटमणी चौधरी,दाङ १,१६।

दिपकप्रकाश भट्ट,कञ्चनपुर ३, १७। राजवहादुर बुढा,दैलेख २, १८। झपट रावल, कैलाली २, १९। भीम रावल, अछाम १, २०। कृष्णलाल महर्जन, ललितपुर २, २१। सोमप्रसाद पाण्डे, पाल्पा( २,
समानुपातिकतर्फ निर्वाचित(१।रामकुमारी झाँक्री, गुल्मी,२। बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर,३। मुकुन्द न्यौपाने, काठमाडौं,४। कल्याणीकुमारी खड्का, रौतहट,५। लक्ष्मीकुमारी चौधरी, कैलाली,६। निरादेवी जैरु, डडेलधुरा,७। समिना हुसेन, रौतहट, ८। पुष्पाकुमारी कर्ण यादव, पर्सा, ९। सरलाकुमारी यादव, रौतहट, १०। कालिला खान, तनहुँ

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.