जापान । जापानको मियाजाकी प्रिफेक्चरमा एक नेपाली युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
श्रीमानसँग बस्दै आएकी श्रेष्ठ थरकी युवतिले झुण्डिएर आत्महत्या गरेकी आकलन गरिएको छ ।
श्रीमानसँगै बस्दै आएकी उनले राती आफु निदाएको समयमा आत्महत्या गरेकाले थाहा नपाएको उनका श्रीमानले बताएको घटनास्थल क्षेत्र वरपरका व्यक्तिहरुले बताएका छ्न्। युवतिलाई आँफै बसेको घरको बरण्डामा झुण्डिएको अवस्थामा मृत फेला पारिएको उनका श्रीमानले बताएका छन् ।
मृतक महिला श्रीमानको डिपेन्डेन्ट भिषामा रहेकी थिईन् । बिद्यार्थीको रुपमा जापान आएका दुबैजनाले प्रेम विवाह गरेका थिए ।
युवकले वर्किङ् भिसा परिवर्तन गरेपछि मृतक युवती डिपेण्डेन्ट भिसामा बसेकी थिइन ।
अन्तर्जातिय विवाह रहेका श्रीमान् श्रीमतीबिच मनमुटाव भएको ठानिएको छ । प्रहरीले महिलाको शवलाई जापानमै दाहसंस्कार गर्ने वा नेपाल लैजाने भन्ने विषयमा उनका श्रीमानसँग जानकारी लिन चाहिरहेको बुझिएको छ ।
मृतक महिलाको काखे दुधे छोरी रहेकी छिन् । दुई महिना पनि नपुगेकी छोरी रहेकी उनको आत्महत्याको स्पष्ट कारण खुल्न सकेको छैन ।प्रहरी अनुसन्धान जारी छ।
दिपक नेपाली नाम गरेका उनका श्रीमानले हाल काखे छोरीलाई आँफैंले राखेका छन ।
केहि दिन अघि जापानको नागोयामा रोजगारी गर्दै आएका बागलुङ ग्वालिचौरका ३७ बर्षिय मधु आचार्यले आत्महत्या गरेका थिए ।