Fast Nepal News
Before Breaking News

जापानमा विदेशीलाई प्रवेश निषेध

एजेन्सी । जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न रोक लगाएको छ । कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

बुधबार प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने घोषणा गरेका छन् ।

जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ । पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ ।

विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले बताएका छन् । जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् साथै यो दर बढ्ने डर कायम छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.