Fast Nepal News
Before Breaking News

लक्ष्मी ट्राभलले बिक्री गर्‍यो हवाइजहाजको नक्कली टिकट, यात्रु अलपत्र

पोर्चुगलको लिस्बन शहरमा सञ्चालित लक्ष्मी ट्राभलबाट लिएको हवाईजहाजको टिकट नक्कली परेको रहस्य खुलेको छ। लक्ष्मी ट्राभलका संचालक एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रमजङ्ग कुँवर हुन ।

नेपाल फर्कनका लागि ठिक्क परेका दर्जनौँ यात्रुहरु विमानस्थलबाट फिर्ता हुन बाध्य भएपछि मात्र आफुहरुको टिकट नक्कली रहेको थाहा पाएको पीडितहरुको भनाई छ।

यात्रुहरु आफ्नो लगेजसहित उत्साहित भएर स्वदेश फिर्तीको लागि विमानस्थल पुगेका थिए। तर बोर्डिङ पासका लागि टर्किस एयरको काउन्टरमा पुग्दा उनीहरुलाई टिकट नक्कली भएको भन्दै फर्काइएको हो।

फर्काइएका ११ जनाले प्रति व्यक्ति ६२० युरो अर्थात नेपाली लगभग ७० हजार रुपैयाँ तिरेर लक्ष्मि ट्राभल्स बाट टर्किस एयरलाइन्सको टिकट काटेका थिए।

भक्तपुर ३ घर भएका विजय धिमाल लगेज सहित विमानस्थल पुगेका थिए । उनको उडान ११:५ को थियो। विमानस्थलको काउन्टरमा पुगेपछि टिकट देखाउँदा नक्कली टिकट भएको भन्दै आफूलाई बोर्डिङ पास नदिइएको उनले गुनासो गरे ।
टिकट फर्जी भएको विमानस्थल कर्मचारीले जानकारी गराएपछि उनीसँगै गएका अन्य नेपाली यात्रुहरु समेत चकित परेर हतार हतार आफ्नो टिकट देखाए तर बिडम्बना उनिहरु सबैको टिकट फर्जी देखियो।

सोलु घर भएकी सोनु शेर्पाले भनिन्, टिकटको पैसा लिने तर नक्कली टिकट दिने, हाम्रो मान्छे नेपालमा लिन आएका छन्, अब के भन्ने, पैसा पनि साथमा धेरै छैन, अब कता गएर बस्ने, के खाने भन्दै आक्रोश पोखिन् ।

जहाजभित्र जानु पर्नेमा यतिबेला उनीहरुले लक्ष्मी ट्राभलको कार्यालय अगाडि आएर फर्जी टिकट देखाउदै न्याय को माग गरिरहेका छन्। विगतमा पनि यस्तै लक्ष्मी ट्राभल मार्फत नेपाल पैसा पठाएका एक ब्यतिको पैसा नेपालमा आफ्ना आफन्तले नपाएपछी पैसा फिर्ताको लागि अनुरोध गर्दा समेत महिनौ नपाएको भनी समाचार आएपछि मात्र पैसा फिर्ता गरेको थियो।

एनआरएनए पोर्चुगलका कोषाध्यक्षको भूमिकामा रहेका कुँवर संचालक रहेको सस्थाले बारम्बार यस्तै फर्जी काम गरिरहनुले कुन शक्तिको आडमा यस्तो काम गर्छ्न भन्ने पनि सोचनिय बिषय बन्न सक्छ। यस सम्बन्धमा जानकारी लिन कुवर सङ सम्पर्क गर्न खोजेपनी सम्पर्क हुन सकेको छैन भने लक्ष्मी ट्राभल ले पनि यस बिषयमा केही जानकारी गराएको छैन।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.