Fast Nepal News
Before Breaking News

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा केही घाइते भएका  भएका छन् । गुल्मीकाे  कालीगण्डकी गाउँपालिका- २ अर्बेनी कोटबाट जन्ती बाेकेर स्याङ्जातर्फ जान लागेकाे जिप दुर्घटनामा परेकाे हाे ।
ग१ज ५०८६ नम्बरको उक्त जिपमा करिब १५ जना यात्रु  सवार रहेको बताइएकाे छ ।

घाइते हुनेमा दुलहाका बुवा प्रकाश पाण्डेसहित केही जन्ती र सहचालक रहेका छन् । उनीहरूकाे शरीरका विभिन्न भागहरुमा चोटपटक लागेको र स्थानीय स्वास्थ्य चाैकीतर्फ उपचारका लागि लगेकाे बताइएकाे छ ।जिपमा सवार बेउलाका बुवाहरु प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीररका विभिन्न भागहरुमा चोट लागेको छ। उनीहरुलाई स्याङजाको मिर्मीतर्फ उपचारका लागि लगिएको छ। घटनास्थलतर्फ पूर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको बताइएको छ। घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.