Fast Nepal News
Before Breaking News

अमेरिकामा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

न्युयोर्कको ज्याक्सनहाइट निवासी नेपाली ४३ बर्षका उत्तम शर्माको गाडीको ठक्करबाट निधन भएको छ । शर्माको न्युजर्सीको इस्ट ब्रन्सवीकमा गाडीको ठक्करबाट निधन भएको हो । प्रहरीलाई प्राप्त कागजातमा आधिकारिक ठेगाना ज्याक्सनहाइट भएपनि उनी केहीबर्षदेखि न्युजर्सीमा नै बस्दै आएको जनाइएको छ ।

मंगलबार ट्रकले हानेर एकजना व्यक्ति अचेत भएको खबर पाएपछि अधिकारीहरु न्युजर्सीको इस्ट ब्रन्सवीकको १९ ए कटेज लेनमा पुगेका थिए । शर्मालाई घटनास्थलमा नै मृत घोषणा गरिएको छ ।गाडी चलाउने ३९ बर्षकी किम्बर्ली होल्म्सविरुद्ध अभियोग दर्ता गराइएको छ ।

ती महिलाले खारेज भएको लाइसेन्सले ट्रक चलाएको पुष्टी भएको छ । उनीविरुद्ध खारेज भएको लाइसेन्सले गाडी चलाउँदा व्यक्तिको मृत्यु भएको थर्ड डिग्री अभियोग दर्ता गरिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.