Fast Nepal News
Before Breaking News

सतर्क रहनुस – नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि यो नयाँ भेरियन्ट फेला परेको पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएकाे बताए ।

उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका र उनकाे सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएकाे हाे । उनीहरू दुवै जना विदेशी नागरिक हुन् ।

उनीहरूकाे सम्पर्कमा रहेका अन्य ६६ जनाकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ ।

हालसम्म ३५ देशमा काेराेना भाइरसकाे ओमिक्राेन भेरियन्ट पुष्टि भइसकेकाे छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.