Fast Nepal News
Before Breaking News

अवैध डलरसहित बेलायती नागरिक विमानस्थलबाट पक्राउ

लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३ सय १० अमेरिकी डलर सहित राहदानी नम्बर ५५३४०८८७५ वाहक बेलायती नागरिक ५१ वर्षीय निल विलियम ग्रीनवुड लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा ह्‍याण्ड ब्यागभित्र लुकाई राखेको १ सय दरका २ सय ६३ थान तथा १ दरको १० थानमा रहेको उक्त अमेरिकी डलर र ७ हजार ९ सय ७० नेपाली रुपैयाँ फेला पारी उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.