ललितपुरमा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन् । महानगरीय प्रहरी बृत्त चापागाउँका अनुसार ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।प्रहरीका अनुसार अनुसार बुधबार दिउँसो ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको हो ।विद्यालयबाट फर्किँदै गरेको अवस्थामा बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै पीडित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
बलात्कारमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर छन् ।प्रहरीका अनुसार ठाकुर बालिकामाथि बलात्कार भएपछि फरार थिए । उनलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कार्कीका अनुसार पक्राउ परेका युवक पीडित बालिका अध्ययनरत विद्यालयको भवन निर्माणमा संलग्न कामदार हुन् ।
घटना पछि फरार रहेका उनलाई पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका ठाकुरविरुद्ध जबर्जस्ती करणीको कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कार्कीले जानकारी दिए ।