Fast Nepal News
Before Breaking News

सिन्धुलीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

हरिहरपुरगढी गाउँपालिका वडा नं. १ चिसापानीमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राती ११ बजे ४० वर्षीय शेर बहादुर बुजुले श्रीमती ३६ वर्षीय राममाया घलानलाई बञ्चरोले टाउकोमा हानी हत्या गरेका हुन् ।

बञ्चरो प्रहारबाट घाइते भएकी घलानको उपचारका क्रममा शनिबार विहान १० बजे हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताएका छन् ।उनका अनुसार घटनाको कारण खुल्न सकेको छैन । श्रीमान श्रीमतीको झगडा भइरहने गरेको स्थानीयले बताएको डिएसपी खत्रीले जनाएका छन् तर खास के कारणले हत्या गरियो भन्ने बारेमा भने केहि खुलेको छैन ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.